लुम्बिनी विकास बैंकको १३.७१ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं, ९ कात्तिक । लुम्बिनी विकास बैंकले आफ्ना सेयरधनीलाई १३.७१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

सोमबार काठमाडौंमा बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सो बराबरको लाभाश दिने प्रस्ताव गरेको हो ।

यसमा १० प्रतिशत बोनस तथा ३.७१ प्रतिशत नगद लाभांश रहने छ । बैंकको साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले सो लाभांश पाउनेछन् ।

लुम्बिनी विकास बैंकले ७२ शाखा र १७ एटीएममार्फत सेवा प्रवाह गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here