भदौमा झण्डै ४७ अर्बंले घट्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं । विदेशी मुद्रा सञ्चिति घट्ने क्रम गत भदौमा पनि जारी रहयो । सो अवधिमा रेमिट्यान्स घटेको र आयात मार्फत ठूलो रकम बाहिरिएपछि विदेशी मुद्रा सञ्चिति घटेको हो ।

गत भदौमा मात्र करिब ४७ अर्ब रुपैयाँले विदेशी विनिमय सञ्चिति घटेको हो । गत असारको तुलनामा साउनमा यो करिब ४५ अर्ब रुपैयाँले घटेको थियो ।

जसअनुसार गएको दुई महिनामा विदेशी मुद्राको सञ्चिति ९३ अर्ब रुपैयाँले घटेको देखिन्छ ।

राष्ट्र बैंकका अनुसार असार मसान्तमा कुल १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति भदौ मसान्तमा घटेर १३ खर्ब ६ अर्ब ९५ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा भदौ मसान्तमा ५।२ प्रतिशतले कमी आई ११ अर्ब १४ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here