कोरोना संक्रमित ११ जनाको मृत्यु, थप ६६६ जनामा संक्रमण

काठमाडौं, ९ कात्तिक । पछिल्लो २४ घण्टामा थप ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गरेकोमा ५६९ जना मा कोरोना भाइरस संक्रमण देखिएको हो । त्यस्तै र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै ६२२ जना निको भएका छन् ।

यसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख १० हजार २९८ पुगेको छ । त्यस्तै मृत्‍यु हुनेको संख्या ११ हजार ३७२ पुगेको छ । ७ लाख ८८ हजार ६३० जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १७७ जनामा संक्रमण देखिएको हो। त्यस्तै रुपन्देहीमा ५२, ललितपुरमा ३३, चितवनमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here