२० महिनापछि बुधबार नेपाली कामदार कोरिया जाँदै

९ कात्तिक, काठमाडौं । बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाने निश्चित भएको छ । कोरोना महामारी फैलिएसँगै रोकिएको कामदार लैजाने कार्य बुधबारबाट पुनः शुरु हुन लागेको हो । बुधबार पहिलो चरणमा ४८ श्रमिक कोरिया जाने निश्चित भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार प्रक्रिया पूरा गरेर पनि नेपाली कामदार जान नपाएको अवस्थामा बुधबार पहिलो चरणमा कामदार पठाउन लागिएको हो ।

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली कामदार कोरोना महामारी कम भएसँगै त्यसतर्फ जान लागेका हुन् । लामो समयपछि दक्षिण कोरिया जाने श्रमिकलाई दिउँसो ३ बजे मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्ने भएका छन् । कोरिया जाने सबै प्रक्रिया पूरा गरेका १० हजार श्रमिक पालो कुरेर बसेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here