मध्य भोटेकोशीको साधरण सेयर बाँडफाँट शुक्रबार

कात्तिक ११,काठमाडौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधरण सेयर (आईपीओ) शुक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीले असोज २० गतेबाट असोज २५ गतेसम्म

सर्वसाधरणका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओको बाँडफाँट शुक्रबार बिहान ९ बजे गरिने जानकारी दिएको छ ।
कम्पनीको आईपीओ बाँडफाँट बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा हुनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । आईपीओमा जम्मा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो ।

माग भन्दा बढी आवेदन परेकाले आइपीओ गोलाप्रथाबाट वितरण गरिनेछ जानकारी कम्पनीले दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here