धितोपत्र बोर्डको अध्यक्ष पदका लागी दरखास्त आह्वान, केके छन् मापदण्ड?

कात्तिक ११ ,काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागी दरखास्त आह्वान गरिएको छ । सरकारले रिक्त अध्यक्ष पद पूर्तिका लागि दरखास्त आह्वान गरेको हो । १५ दिनभित्र अर्थात कात्तिक २५ गतेभित्र आवेदन दिन मिल्नेगरी अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको बताएको छ ।

यसका लागि इच्छुकले अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा गोप्य शिलबन्दी आवेदन दिनुपर्नेछ । सरकारले खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिद्वारा पदपूर्ति गर्न लागेको हो।

केके छन् मापदण्ड

धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक वित्तीय वाणिज्य व्यवस्थापन वा कानून क्षेत्रमा कम्तिमा ७ वर्षको पेशागत अनुभव हासिल गरेको तथा उच्च नैतिक चरित्र भएको नेपाली नागरिकले उक्त पदका लागि आवेदन दिन सक्नेछन्।

यसका साथै धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११ बमोजिम अयोग्य नरहेको हुनु पर्छ । त्यसैगरी तीन वर्ष पुरा भइ ६० वर्ष उमेर ननाघेको हुनुपर्ने बिहीबार प्रकाशित सूचनामा उल्लेख छ।

सरकारले उनको बरखास्तीपछि बाँकी अवधिका लागि नयाँ अध्यक्ष नियुक्तका लागि खुल्ला प्रतिश्पर्धा गर्न लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here