नेपाल बंगलादेश बैंकद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेम्डिसिभिर औषधि सहयोग

कात्तिक १०, काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले ९० भायल रेम्डिसिभिर औषधि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई सहयोगस्वरूप प्रदान गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदयित्वअन्तर्गत सो सहयोग गरेको हो ।

नेपालमा बढ्दो कोभिड १९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै औषधि प्रदान गरिएको बैंकले जानकारी दिएको छ ।

उक्त औषधि नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। अनुप बास्तोलालाई हस्तान्तरण गरेका थिए। बैंकले कोभिड १९ को संक्रमणको उच्च जोखिमको बेला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गरेको कार्यको सरहाना गर्दै उक्त अस्पताललाई चयन गरेको जनाएको छ।

बैंकले आफ्नो बंगलादेशस्थित साझेदार बैंक आईएफआईसी बैंक लिमिटेडसँग मिलेर आर्थिक वर्ष २०७६र७७ मा ५ हजार भायल तथा २०७८र७८ मा पनि ५ हजार भायल रेम्डेसिभिर नेपाल सरकारलाई सहयोग स्वरूप प्रदान गरेको थियो। उक्त औषधी बंगलादेशका लागि नेपालका राजदूत वंशीधर मिश्रलाई ढाकास्थित नेपाली दूतावासमा हस्तान्तरण गरेका थिए।

हाल बैंकले १ सय शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएममार्फत ‘सबैका लागि बैंक’ भन्ने मूल नारासहित सम्पूर्ण बैंकिङ सुविधा दिँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here