नेप्सेको सीईओ छनौटका लागि पनि समिति गठन

काठमाडौं । धितोपत्र बोर्डसंगै सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत छनोटका लागि अर्थ मन्त्रालयले सिफारिस समिति गठन गरेको छ ।

अर्थमन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा नेप्सेको प्रमुख कार्यकारी अधिकृत छनोटका लागि सिफारिस समिति गठन भएको छ । समितिमा अर्थ मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पुर्व अध्यक्ष जीवनाथ धिताल सदस्य रहेका छन् ।

नेप्सेको सीईओका लागि शुक्रबार आवेदन आब्ह्रान गर्ने तयारी भएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

यस्तै, धितो बोर्ड ९सेबोन०को अध्यक्ष छान्ने प्रक्रिया सुरु भएको छ । यसका लागि सेबोन अध्यक्षका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेललको संयोजकत्वमा एक समिति गठन भएको छ । समितिका सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी र प्राडा नारायण पौडेल छन् ।

सेबोनका पूर्व अध्यक्ष भिष्मराज ढुङगानाको बर्खास्तीपछि उक्त पद खाली छ । यस्तै, नेप्सेका पूर्वकार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजिनामा दिएपछि उक्त पद पनि खाली छ ।

ढुङगाना र साउद दुबै जनाले सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा संलग्न भएका थिए । अहिले खाली ती दुबै पदमा नियुक्तिका लागि अर्थ मन्त्रालयले छुट्टाछुट्ट्रै समिति गठन गरेर छनौट प्रक्रिया शुरु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here