हप्तैभरी बढ्यो सेयर बजार

कात्तिक ११, काठमाडौं । यो साता अधिकांश सेयर लगानीकर्ताहरुका लागी सुखद रह्यो । साता भरी सेयर बजारमा हरियाली छाएकोले लगानीकर्ताहरुमा उत्साह देखिएको छ । आइतबार २७ अंकले बढेर उकालो लाग्न शुरु गरेको बजार कारोवार हुने अन्तिम दिन आज पनि बृदि भएर बन्द भएको हो ।

बिहीबार नेप्से परिसुचक १३ दशमलव ०४ अंकले बढेको छ । सो दिन नेप्से २ हजार ७ सय ८२ अंकमा पुगेर बन्द भएको हो । आज कारोबार रकम भने खुम्चिएको छ । बुधबार ६ अर्व ६१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ५ अर्ब ३९ करोड ५२ लाख रुपैयाँमा साघुँरिएको हो ।

साताको पहिलो दिन कारोबार रकम ३ अर्बबाट सुरु भएको थियो ।

बिहीबार २ सय २२ कम्पनीको ९२ लाख ३६ हजार कित्ता सेयर कारोबार भएको हो ।

आज कारोबारमा आएकामध्ये विकाश बैंक, जलविद्युत,फाइनान्स,अन्य ,माइक्रोफाइनान्स तथा नन लाइफ इन्स्योरेन्सको सेयर उकालो लागेको छ । यता बैंकिङ होटल, उत्पादन, लाइफ इन्स्योरेन्सलगायतको सेयर घटेको छ । आज १२३ कम्पनीको सेयर मूल्य बढ्दा ७१ कम्पनीको घटेको हो । त्यस्तै ३ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज ११३ कम्पनीको सेयर मूल्य बढ्दा ७१ कम्पनीको शेयर मूल्य घट्न पुग्यो भने तन कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here