काभ्रे र ताप्लेजुङमा ग्लोबल आइएमईको शाखारहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौं, १४ कात्तिक । ग्लोबल आइएमई बैंक लिमिटेडले दुई नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले काभ्रेपलाञ्चोकको दाप्चा बजार र ताप्लेजुङको सिन्वामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

यी दुई सहित बैंकको शाखारहित बैंकिङ सेवा संख्या २ सय६२ पुगेको छ ।

बैंकले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ८, दाप्चा बजार र ताप्लेजुङ जिल्लाको फाक्ताङलुङ गाँउपालिका वडा नं. ३, सिन्वामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकको भकुण्डेबेसी शाखाअन्तर्गत रहने गरी दाप्चा बजारमा खोलिएको सेवाको लागि कृष्णकुमार श्रेष्ठ र ताप्लेजुङ शाखाअन्तर्गत रहने गरी सिन्वामा खोलिएको सेवाको लागि प्रेमप्रसाद निरौलालाई प्रतिनिधि नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ सेवा लिन सक्नेछन् ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, रेमिट्यान्स सेवा लिने, फोन तथा टीभीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सकिन्छ ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ति स्थानहरुमा शाखारहित बैंकिङ सेवा शुरु गरिएको बैंकले एक विज्ञप्तिमा बताएको छ ।

बैंकका ७६ जिल्लामा २ सय ८२ शाखा, २ सय ५२ एटीएम, २ सय ६२ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here