सत्तारुढ दलहरुले बनाए ११ सदस्यीय समन्वय समिति, संयोजक रामचन्द्र पौडेल

काठमाडौं २२ कात्तिक। सरकारलाई सहयोग गर्न सत्ता गठबन्धनले ११ सदस्यीय समन्वय समिति बनाएका छन् ।

सोमबार बालुवाटारमा बसेको गठबन्धन बैठकले समिति संयोजकमा रामचन्द्र पौडेललाई राख्ने निर्णय गरेको हो ।

११ सदस्यीय समन्वय समितिमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला सदस्य तोकिएका छन् ।

समन्वय समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा सदस्य छैनन् । तर उनले आफू हरेक बैठकमा आउने बताएका छन् । सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार समितिमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला सदस्य तोकिएका छन् ।

माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ सदस्य छन्। नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी सदस्य रहेको र दुर्गा पौडेल सदस्य रहेका छन् ।

समन्वय समितिको बैठकको संयोजन हरेक पार्टीले दुई-दुई महिना गर्ने सहमति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here