गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडौं, २३ कात्तिक । नेप्सेले गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले इन्स्योरेन्सको ५.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ६१८ रुपैयाँ १ पैसा कायम भएको छ।

इन्स्योरेन्सले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता ६५२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

मंगलबार यही समायोजित मूल्यका आधारमा इन्स्योरेन्सको कारोबार खुल्नेछ। हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ९७ करोड ८५ लाख ८४ हजार ६०० रुपैयाँ रहेको छ।

५.५० प्रतिशतका दरले १० करोड ८६ लाख ६५ हजार ४०० रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ८ करोड ७२ लाख ५० हजार रुपैयाँ पुग्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here