नबिल बैंकका ग्राहकले दराज ११ः११ मा १५ प्रतिशत छुट पाउने

काठमाडौं, २४ कात्तिक । नबिल बैंकले दराज(अनलाइन बजार) को ११.११ को अवसरमा ग्राहकहरुको लागि सुनौलो अफर ल्याएको छ ।

दराजसँगको साझेदारीमा कार्तिक २५ गतेदेखी मंसीर ३ गते (तदनुसार ई.सं. ११ नोभेम्बर २०२१ देखि १९ नोभेम्बर २०२१)सम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत १५ प्रतिशत छुट अफर ल्याएको हो । यसैगरी अधिकतम रु तीन हजार क्यासब्याक र क्रेडिट कार्ड मार्फत १५ प्रतिशत छुट वा अधिकतम रु ३ हजार ५००सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

उक्त अवसर लिनको लागि नबिल बैंकको नजिकको शाखामा गई खाता खोलि ग्राहकहरूले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याक अफरको लाभ लिन सकिनेछ ।

सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।

बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here