गणतन्त्रविरुद्ध नलाग्न पूर्वराजालाई देउवाको चेतावनी-‘शासन गर्ने भए चुनाव लडेर आउनू’

फाइलफोटो

काठमाडौं, २४ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई गणतन्त्रविरुद्ध नलाग्न चेतावनी दिएका छन् ।

गणेशमान स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रोशित बन्दै प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन् ।

उनले पूर्वराजा शाहलाई प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिने बताउँदा आफूलाई जेलमा हालेको स्मरण गर्दै शासन व्यवस्थाविरुद्ध नलाग्न चेतावनी दिए ।

पूर्वराजाले दसैँका बेला राजा र जनता मिलेरमात्र नेपालमा प्रजातन्त्र जोगिने बताएका थिए ।

‘प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अरु हुनै सक्दैन, उनीहरुले चुनाव आएर लडे भइहाल्यो नि, चुनाव लड्न नसक्ने चुनाव लडेर शासन गर्नु नी उनले भने ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here