प्रदेश नं. १ को बैठक स्थगित, मुख्य मन्त्री राईले बुधवार विश्वासको मत लिने

काठमाडौं ३० कात्तिक । मुख्य मन्त्रीले राजेन्द्र राईलाई विश्वासको मत दिन बोलाइएको प्रदेश नं. १ को बैठक स्थगित भएको छ।

प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि बैठक स्थगित भएको हो।

अब मुख्य मन्त्री राइले बुधवार विश्वासको मत लिनेछन्। बैठक साढे ११ बजे बस्नेछ। मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने कार्यसूची रहेको थियो ।

तर नेकपा एमालेले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको बन्दलाई कारण देखाउँदै बैठक स्थगित गर्न माग गरेको थियो ।

तर कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ गठबन्धनमा रहेका दलहरु बैठक रोक्न असहमत भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here