विवाहको सिजन शुरु भएसँगै घट्यो सुनको भाउ, हेर्नुस कतिमा हुँदैछ कारोबार

मंसिर १, काठमाडौं । विवाहको सिजन शुरु भएको पहिलो दिन नै सुृन चाँदीको मूल्यमा गिरावट आएको छ । बुधबार नेपाली बजारमा सुनको भाउ तोलाको ९४ हजार ३ सय तोकिएको छ । जुन सोमबारको तुलनामा ५ सयले कम हो ।

यसअघि सोमबार छापावाला सुन तोलाको ९४ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

त्यसैगरी बुधबार चाँदी भाउमा पनि सामान्य गिरावट आएको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२८० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । नेपालमा विवाहको सिजन शुरु भएपनी त्यसले गर्दा सुनचाँदीको भाउ घटबडमा असर नगर्ने व्यवसायीहरु बताउछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here