थप १५८ जनामा कोरोना पुष्टी, ३४२ जना संक्रमण मुक्त

काठमाडौं, १२ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १५८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९१८ जनाको पीसीआर परीक्षण गर्दा १५४ जना र २३१४ जनाको एन्टिजेन परीक्षण गर्दा ४ गरी १५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २० हजार ८७८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३४२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख २ हजार ३८९ पुगेको छ । संक्रिय संक्रमितको संख्या ६ हजार ९६६ रहेको छ ।

पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५२३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here