मञ्जुश्री फाइनान्सको आकर्षक लाभांश घोषणा,बोनस र नगद कति ?

काठमाडौं, २४ मंसिर । मञ्जुश्री फाइनान्सले लाभांश घोषणा गरेको छ ।

फाइनान्सको शुक्रबार विहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ४६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

फाइनान्सले सेयरधनीलाई ४० प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) दिने भएको हो ।

फाइनान्सले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

हाल ९६ करोड ५३ लाख ९४ हजार ८९२ रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको बोनस वितरणपछि चुक्ता पूँजी १ अर्ब ३५ १५ लाख ५२ हजार ८४९ रुपैयाँ पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here