थप २५९ जनामा कोरोना पुष्टी, ३३७ जना संक्रमण मुक्त

काठमाडौं, २४ मंसिर । पछिल्लो २४ घण्टामा देशभर २५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४७२ जनाको पीसीआर परीक्षण गर्दा २३२ जना र ४०१५ जनाको एन्टिजेन परीक्षण गर्दा २७ गरी २५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २३ हजार ७८६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३३७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ६ हजार २३७ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार ९९७ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या ३ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५५२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here