वर्ल्डलिंकले भित्र्यायो नेपालकै फाष्ट इण्टरनेट, न्यूनतम स्पिड १५० एमबीपीएस

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इण्टरनेट सेवा प्रदायक वल्डलिंकले नेपालमै पहिलो फष्ट इण्टरनेट भित्राएको छ । पहिलो पटक ६ सय एमबीपीएस गतिको इन्टरनेट भित्र्याएको हो ।

काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमका बीच वल्डलिंकले आफ्नो नयाँ योजना सार्वजनिक गरेको हो ।

उच्च गतिको इण्टरननेट स्पिडले उपभोक्तालाई घरमै बसेर कार्यालयको काम गर्न, भिडियो हेर्न, अनलाइन कक्षामा संलग्न हुनका साथै विभिन्न गेम खेल्नको लागि निकै सहज हुने वर्ल्डलिंकको अपेक्षा छ।

उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इण्टरनेटसेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वल्डलिंकले जनाएको छ। यसमा नोकिया वेकन ३।० राउटर प्रयोग हुने छ।

योसगै यो संगै वल्र्डलिंकको इण्टरननेट स्पिड अव कम्तिमा पनि १५० एमबीपीएस गतिको हुने कम्पनीले घोषणा गरेको छ ।

उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा कम्तिमा पनि १५० एमबीपीएस गतिको इण्टरनेटको अनुभव गर्न पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४ सय रुपैयाँ अर्थात् मासिक एक हजार दुई सय रुपैयाँमै १५० एमवीपीएस गतिको इण्टरनेट उपभोग गर्न पाउने छन् । १५० एमबीपीएस सहित २२५ एमबीपीएस र ३ सय एमबीपीएस गतिको इण्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ।

विभिन्न तथ्यांकले देखाए अनुसार विश्वमा औसत इण्टरनेटको स्पिड ८० एमबीपीएस हारारारीमा छ भने नेपालमा औसत स्पिड २२ एमवीपीएस छ । साढे पाँच लाख परिवारलाई इण्टरननेटसँग जोडेको वर्ल्डलिंकले नयाँ योजना सार्वजनिक गरेसंगै नेपालको औसत स्पिड कम्तिमा पनि ८० एमवीपीएस पुग्ने अपेक्षा कम्पनीको छ।

साहसिक निर्मल पुर्जा वर्ल्डलिंकका सद्भावना दूत

आठ हजार भन्दा अग्ला विश्वका १४ वटै हिमाल ७ महिनामा आरोहरण गरी विश्व कीर्तिमान कायम गरेका निर्मल पुजा वर्ल्डलिंकको सद्भावना दूत नियुक्त भएका छन्। बुधवार आयोजित कार्यक्रमका बीच वर्ल्डलिकले पुर्जालाई सद्भावना दूत नियुक्त गरेको हो ।

पूजाको हिमाल आरोहण सम्बन्धी कथामा आधारित भएर तयार पारिएको डकुमेन्ट्री ‘फोर्टिन पिक्स : नथिङ ईज ईम्पोसिबल’ केही साता अघि मात्रै नेटफ्लिक्समार्फत विश्वभर सार्वजनिक भएको छ। नोभेम्बर ३० मा सार्वजनिक भएको डकुमेन्ट्री नेटफ्लिक्सको सर्वाधिक लोकप्रिय भएमध्यको एक डकुमेन्ट्री हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here