ज्योति विकास बैंकसहित तीन कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं, ९ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ज्योति विकास बैंक सहित ३ कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।

नेप्सेले ज्योति विकास बैंक, एनएमबि लघुवित्त र सुर्य लाईफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको हो । ज्योति विकास बैंक लिमिटेडको ११ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ४ सय ३ रूपैयाँ १५ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।

नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ४ सय ४७ रुपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको बीसौँ वार्षिक साधारण सभा पौष २३ गते, लिसारा रिसेप्सन नक्साल, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सुर्य लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२.७० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ६ सय ३८ रूपैयाँ ८६ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ७ सय २० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

एनएमबि लघुवित्त वित्तिय संस्था लिमिटेडको २१.५० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार ५० रूपैयाँ ५३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य १ हजार २ सय ८० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here