युवा अवस्थामा हुने तनाव कसरी हटाउने ? यस्ता छन् उपाय

युवा अवस्थामा प्रवेश गरेसङ्गै मानिसहरुको मनमा अनेक प्रकारका नकात्मक र सकारात्मक विचारहरु आउने गर्छ ।

यस्तो अवस्थामा आमाबुबा तथा परिवारका अन्य सदस्यहरु, साथीहरु, स्कुलका शिक्षक शिक्षिकाहरुले उनीहरुको मनमा आएका जिज्ञासाहरु मेटाउनको लागि सहयोग गर्नुपर्ने एक अध्ययनले बताएको छ ।

यस समयमा उनीहरुको मनमा विभिन्न प्रकारका कुराहरू खेल्ने गर्छ ।

यस्तो अवस्थामा किशाेर किशाेरीका परिवारहरु पनि विशेष रुपमा चिन्तीत हुने गर्दछन् । किनकी यो उमेर उनीहरुको लागि सबैभन्दा महत्वपुर्ण हुन्छ ।
पढाइ र भविष्यको बारेमा सही निर्णय लिने समयको अवस्थामा यस उमेर रहेको हुन्छ ।

यस्तो उमेरमा उनीहरुको मनमा विभिन्न प्रकारका शारीरिक र मानसिक प्रश्नहरु उठ्ने गर्छन् । यी प्रशनहरुको उत्तर खोन्नु सबैभन्दा धेरै महत्त्वपुर्ण हुन्छ ।

कतिपय युवा युवतीहरु लजालु स्वभावका हुन्छन् । यस्तो अवस्थामा उनीहरुमा मनमा आएका प्रश्नहरुको उत्तर सबैको अगाडि खोज्नु उनीहरुलाई गाह्रो हुने गर्छ ।

यस्तो अवस्थामा प्रश्नको उत्तर प्राप्त नभएमा उनीहरु निराश हुने र त्यसको कारण डिप्रेशनमा जाने सम्मका खतरा हुने एक अध्ययनले बताएको छ ।

‘इमोसन’ पत्रिकामा लेखक ‘लिसा स्टार’ ले यस प्रकारको अध्ययन गरेका थिए ।

अध्ययनमा आफ्नो मनमा लागेको सबै प्रकारका भावनाहरु चाहे त्यो सकारात्मक होस् वा नकारात्मक आफ्ना नजिकका साथीहरुसंग भन्ने गरेमा धेरै प्रकारका डिप्रेसनहरुबाट बच्न सकिने कुरा उल्लेख छ ।

मनमा आएका सबै प्रकारका भावनाहरु साथीसँग साटासाट गरेमा मनमा कुनै प्रकारको उत्सुकता, चिन्ता, डर तथा जिज्ञासाहरु हुँदैन । यसले मानिसलार्इ तनावमुक्त हुनको लागि सहयोग मिल्छ । (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here