‘आत्मनिर्भरता र समृद्धि’ नारामै, मकै, गहुँ, कोदोमा समेत विदेशको मुख ताक्नुपर्ने अवस्था

काठमाडौं, १२ पुस । सरकारले वर्षेनी कृषिमा आत्मनिर्भरताको नारा अघि सार्छ तर त्यो नारामा मात्र सीमित देखिएको छ ।

कृषि प्रधान मुलुकमा दैनिक उपभोगका लागि अत्यावश्यक कृषि उत्पादनमा भारतसँग परनिर्भर हुँदै गएका छौं। सरकारले नारा घन्काइरहँ पनि देश झन परनिर्भरतातर्फ धकेलिएको छ ।

नेपालले आयात गर्ने तरकारीमा हरियो धनियाँदेखि प्याज, आलुदेखि गोलभेँडासम्म छन् । भने मकै, गहुँ, कोदो, भटमास आदिमा समेत नेपाल आत्मनिर्भर बन्न सकेको छैन ।

भन्सार विभागको तथ्यांकअनुसार नेपालले पछिल्लो पाँच महिनामा नेपालले २ अर्ब २८ करोड ५० लाख ६ हजार रुपैयाँमा ९ करोड ४ लाख २९ हजार ८५७ केजी गहुँ आयात गरेको छ ।

सोही अवधिमा देशबाट २ अर्ब ९ करोड ८ लाख ६९ हजार रुपैयाँको २ करोड ५८ लाख ३६ हजार १५८ केजी भटमास आयात गरेको छ ।

पाँच महिनामा नेपालले विभिन्न देशबाट १० अर्ब १५ करोड ७२ लाख ५६ हजार रुपैयाँको २८ करोड ८६ लाख ९० हजार ६६३ केजी मकै आयात गरेको छ ।

सोही अवधिमा ७ अर्ब १३ करोड ३१ लाख ७४ हजार रुपैयाँको २४ करोड ८० लाख २५ हजार ३३५ केजी धान नेपाल भित्रिएको विभागले जनाएको छ ।

वर्षेनी कृषि जमिन घट्दै गइरहेको छ । घट्दै गएको कृषि जमिनमा खाद्यन्य उत्पादन गरेर आत्म निभर हुने सपना देख्नु निकै चुनौतिपूर्ण रहेको छ ।

खाद्यान्न उत्पादन बढाउन सरकारले बर्सेनि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि आयात भने प्रतिस्थापन हुन सकेको छैन ।

सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्नका लगि विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here