सिजीले देशभर फाेरजी सेवा सञ्चालन गर्ने, हुवावेसँग ११ अर्बकाे सम्झाैता

काठमाडाैं, १७ असार । चौधरी ग्रुप (सीजी)ले चीनकाे हुवावे कम्पनीसँगकाे सहकार्यमा नेपालमा फाेरजी माेबाइल फाेन सेवा उपलब्ध गराउने भएकाे छ ।

सिजीले अमेरीकाले हुवावेसँग सुरक्षा सम्बन्धि चासाे व्यक्त गर्दै प्रतिवन्ध लगाएकाे भएपनि त्यसले कुनै फरक नपर्ने पनि बताएकाे छ । सिजीले हुवावेसँग
१०० मिलियन अमेरिकी डलर अर्थात ११ अर्ब रूपैयाँकाे सम्झाैता गरेकाे हाे ।

भारतमा मुकेश अम्बानीकाे रिलायन्स जियाेले जस्तै फाेरजी सेवामा सफलता हासिल गर्ने रणानीति अनुरूप सिजीले २५० मिलियन अमेरिकी डलर अर्थात २७ अर्ब नेपाली रूपैयाँ बराबर लगानी गर्ने सिजीका अध्यक्ष विनाेद चाैधरीले जानकारी दिएका छन् ।

नेपालभर फोरजी सेवा दिने उदेश्यले उक्त सम्झौता गरिएको चौधरीले बताए । चाैधरीका अनुसार यसमा फ्रि भ्वाइस सर्भिस दिइनेछ तर, कम्पनीकाे ध्यान डाटा, अनलाइन पेमेन्ट र अन्य सुविधामा केन्द्रित हुने छ ।

फोरजी सेवा सञ्चालनका लागि हुवावेले सिजीलाई १ सय मिलियन अमेरिकी डलर बराबरका सामाग्री सप्लाई गर्नेछ, जुन पछि फाइभजीमा समेत अपग्रेड गर्न सकिनेछ ।’

सिजीले टर्कीकाे कम्पनी लाइफसेलकाे प्राविधिक र डिजाइन सेवाकाे साथमा हुवावेकाे पूर्वाधार प्रयाेग गरी नेटवर्क विस्तार गर्ने बताइएकाे छ । साथै चीनको म्यानुफ्याक्चरसँग मिलेर सिमेन्ट क्षेत्रमा सहकार्य गर्न समेत खोजेको चाैधरीले बताएका छन् ।

सीजीले पहिले नै नेपालमा ग्रामीण भेगमा लिमिटेड टेलिकम्युनिकेशन सञ्चालन गर्दै आएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रबक्ता मिनप्रसाद अर्यालले पनि सीजीले अहिलेभन्दा फराकिलो नेटवर्कको लाइसेन्सका लागि आबेदन दिएको जानकारी दिए ।

हुवावेका सामाग्री प्रयोग गर्दा सीजीजले अनुमति पाउने सम्भावना कत्तिको छ भन्ने जिज्ञासामा अर्यालले भने, ‘यदि हामीले दिएका शर्त र नियमहरु पुरा भएको सन्दभएमा हामीलाई लाइसेन्स दिन कुनै समस्या हुदैन ।’ (रोयटर्स)