थप २४१ जनामा कोरोना पुष्टी, दैनिक मृत्यु हुनेको संख्या शून्य

काठमाडौं, १५ पुस । पछिल्लो २४ घण्टामा देशभर २४१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८१४ जनाको पीसीआर परीक्षण गर्दा २३५ जना र २ हजार ८३ जनाको एन्टिजेन परीक्षण गर्दा ६ गरी २४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २८ हजार २०७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २२८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ११ हजार ७४६ पुगेको छ । संक्रिय संक्रमितको संख्या ४ हजार ८७१ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५९० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here