भन्सार कार्यालयको राजस्व विद्युतीय माध्यमबाट तिर्नुपर्ने

काठमाडौं, १६ पुस । भन्सार कार्यालयको राजस्व विद्युतीय माध्यमबाट तिर्नुपर्ने भएको छ ।

राष्ट्र बैंकले शुक्रबार विदेशी विनियम कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्र, २०७६ मा संशोधन गर्दै विद्युतीय माध्यमबाट राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयले विद्युतीय माध्यमबाटै राजस्व लिनुपर्ने निर्देशन दिएको हो ।

तर भन्सारमा धरौटी रकम भने चेकमा पनि स्वीकार गर्न सकिने निर्देशनमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकहरुलाई परिपत्र जारी गर्दै विद्युतीय माध्यमबाट राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयले विद्युतीय माध्यमबाटै राजस्व लिनुपर्ने उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here