नबिल बैंकका कार्ड प्रयोगकर्तालाई विराटनगर अस्पतालमा छुट

काठमाडौं, १८ असार । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिटकार्ड प्रयोगकर्ताहरुले विराटनगर अस्पताल प्रालिमा छुट पाउने भएका छन् ।

नबिल बैंक र विराटनगर अस्पताल ( विराट नर्सिङ होम एण्ड विराट मेडिकल कलेज) बीच यस्तो सम्झौता भएको हो ।

सम्झौता अनुसार अस्पतालले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ता र शेयरधनीहरुलाई विशेष छुट र सुविधाहरु प्रदान गर्ने छ ।

‘ग्राहकहरुलाई सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप विराटनगर अस्पतालसंगको यस सम्झौताले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई स्वास्थ्य सेवामा लाभ पुग्ने विश्वास लिएका छौं,’ नबिल बैंक बिराटनगर शाखाका प्रबन्धक राजेश दासले भने ।

त्यस्तै विराटनगर अस्पतालका निर्देशक सुनिल तपरियाले भने, ‘नेपाली नागरिकहरुलाई अधिक सेवा पु¥याउने प्रतिबद्धता अनुरुप नबिल बैंकसंग सहकार्य गर्न पाउँदा खुसी लागेको छ ।’

४०० बेड सहितको स्वास्थ्य संस्था, विराटनगर अस्पतालले १९ बर्ष देखि एकिकृत स्वास्थ्य सेवा प्रदान गर्दै आएका छ । यस्तै नबिल बैंकले ७९ वटा शाखा सञ्जाल, १ सय ३३ एटिएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here