यी हुन् तीन लाखभन्दा कम मूल्यमा पाइने बजाजका मोटरसाइकल

काठमाडौं, २२ पुस । नेपालमा मोटरसाइकल तथा स्कुटर चढ्नेहरूको संख्या बढ्दो छ।

काठमाडौं लगायत व्यस्त शहरहरूमा मोटरसाइकल दैनिक आवश्यकताको साधन बनिसकेको छ।

कामकाजी व्यक्तिदेखि व्यवसायी सम्मलाई मोटरसाइकल नभई नहुने भइसकेकोले मोटरसाइकल प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढ्दो छ।

बजारमा थुप्रै कम्पनीका मोटरसाइकल उपलब्ध छन् । तिनका विभिन्न मोडलहरू छन् र विभिन्न मूल्य क्षेत्र पनि ।

हाल नेपालमा अत्याधुनिक फिचर भएका, आकर्षक र युवावर्ग लक्षित मोटरलाइकलको मूल्य क्षेत्र हेर्ने हो भने करीब ४ लाखभन्दा माथि नै पर्छ ।

नेपाली बजारमा लोकप्रिय मोटरसाइकल उत्पादक कम्पनी हो बजाज । नेपालमा बजाजका डिस्कभर, प्लाटीना, एभेन्जर, पल्सर र डोमिनार चर्चित अनि लोकप्रिय मोटरसाइकल हो ।

नेपालमा बजाजको लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले हो । नेपालमा बजाजको विभिन्न १२ भेरियन्टमा १२ मोडेल उपलब्ध रहेका छन् ।

बजाजले नेपालमा १०० सीसीदेखि ४०० सीसी क्षमतासम्मका मोटरसाइकल विक्री गर्दै आएको छ ।

बजाजले विभिन्न आर्थिकस्तर भएका र रुचि भएका ग्राहकलाई मध्यनजर गर्दै धेरै प्रकारको मोटरसाइकल बजारमा ल्याएको छ।

बजाजको सबैभन्दा मंहगो मोटरसाइकल हो डोमिनार ४०० एबिएस जसको मूल्य ५ लाख ९८ हजार ९ सय रुपैयाँ रुपैयाँ तोकिएको छ । डोमिनार २५० एबिएसको मूल्य ५ लाख १८ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

तीन लाख भन्दा कम मूल्य भएका मोटरसाइलकमा बजाजको प्लाटिना १०० इएस (१०२ सिसी) को १ लाख ८९ हजार ९ सय रुपैयाँ रहेको छ ।

डिस्कभर १२५ ड्रम (१२४ सीसी) २ लाख ९ सय, डिस्कभर (१२५ सीसी) को २ लाख १४ हजार ९ सय रुपैयाँ, डिस्कभर १२५ एसटी (१२५ सीसी) २ लाख १५ हजार ९ सय रुपैयाँ रहेको छ ।

यस्तै, पल्सर १२५ डिस्क (१२५ सीसी) २ लाख ४४ हजार ९ सय, पल्सर १५० एसडीको २ लाख ७५ हजार ९ सय, पल्सर १५० टिडीको २ लाख ९० हजार ९ सय रहेको छ । ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार उपयुक्त मोटरसाइकल तथा स्कुटर रोज्न सक्छन्।

यी हुन् दुई लाखभन्दा कम मूल्यमा पाइने टिभिएसका मोटरसाइकल-स्कुटर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here