आइफा नेपालमा नहुने, चौतर्फी विरोधपछि सरकार पछि हट्यो

काठमाडौं, १८ असार । सरकारले काठमाडौंमा हुने भनिएको आइफा अवार्ड सञ्चालन नगर्ने भएको छ ।

राज्यकोषको पैसा खर्च गरेर भारतीय फिल्म प्रवद्र्धन गर्न खोजेको भन्दै चौतर्फी विरोध भएपछि सरकारले नेपालमा इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड कार्यक्रम नगर्ने भएको हो ।

असार ८ गते बसेको मन्त्री परिषदको बैठकले नेपालमा गर्ने निर्णय गरेको थियो । कार्यक्रम व्यवस्थापनको लागि काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ सहयोग गर्ने बताइएको थियो ।

सरकारी पक्षले अवार्डले पर्यटन प्रबद्र्धन हुने दाबी गर्दै आयोजना गर्न लागिएको बताएको थियो ।

तर, भारतीय फिल्म उद्योगको लागि सरकारले ठूलो रकम खर्चिन लागेको भन्दै विभिन्न संघसंस्थाले विरोध गरे पछि आइफा नगर्ने निर्णय भएको पर्यटन बोर्डले बताएको छ । सामाजिक सञ्जालमा पनि सरकारको निर्णयको व्यापक विरोध भएको थियो ।

प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले समेत आइफा नेपालमा नगर्न मंगलबार निर्देशन दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here