न्यूयोर्कस्थित एक अपार्टमेन्टमा आगलागी हुँदा १९ जनाको मृत्यु

काठमाडौं, २६ पुस । अमेरिकाको न्यूयोर्कस्थित एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार मृत्यु हुनेमा नौ जनाबालबालिका रहेका छन्।

अपार्टमेन्टमा भएको आगलागीमा परी घाइते भएका ३२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन्। उनीहरुमध्ये कयौँको अवस्था गम्भीर रहेको छ।

आगलागी नियन्त्रण विभाका ड्यानिअल निग्रोले आगलागीपछि अत्यधिक मात्रामा धुवाँ निस्किएकाले १९ तलाको अपार्टमेन्टको प्रत्येक तलामा बस्ने मानिसहरु प्रभावित भएको बताएका छन्।

उनका अनुसार पछिल्लो ३० वर्षमा पहिलोपटक न्युयोर्कमा यति धेरै मानिसको मृत्यु हुने किसिमको विपत्ति देखिएको हो।

अधिकारीहरुले दिएको जानकारीअनुसार स्थानीय समयअनुसार ११ बजे अपार्टमेन्टको दोस्रो र तेस्रो तलाबाट आगलागी फैलिएको थियो।

अग्नि नियन्त्रण विभागका कमिस्नर डानियल निग्रोले १९ तले अपार्टमेन्टको हरेक तलामा बस्ने व्यक्तिहरु आगलागीको चपेटामा परेको बताए। उनले न्यूयोर्कमा ३० वर्ष यताकै ठूलो घटना भएको बताएका छन्।