फोनपे नेटवर्कमा पुस महिना ५१ अर्ब भन्दा बढीको कारोबार

काठमाडौं, ३ माघ । भुक्तानी प्रणाली सञ्चालक फोनपे सर्भिस लिमिटेडको नेटवर्कमार्फत पुस महिनामा मात्र रु. ५१ अर्बभन्दा बढीको कारोबार भएको छ ।

पुस महिनाभर फोनपे नेटवर्कबाट कुल ४४ लाख कारोबारबाट रु. ५१ अर्ब रूपैयाँभन्दा बढीको कारोबार भएको कम्पनीले बताएको छ ।

फोनपेको नेटवर्क प्रयोग गरी प्रयोगकर्ताहरुले क्यूआर कोड भुक्तानी, अन्तरबैंक रकम ट्रान्स्फर, विभिन्न किसिमका अनलाइन मर्चेन्ट भुक्तानीलगायत कार्यबाट यो कारोबार भएको उसले एक विज्ञप्तिमार्फत बताएको हो ।

फोनपेमार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर उल्लेख गरेर रु. १० मै रकम पठाउन सकिन्छ । साथै मर्चेन्टले निःशुल्क क्यूआर प्राप्त गर्न सक्छन् भने ग्राहकले भुक्तानी गर्दा कुनै शुल्क लाग्दैन ।

फोनपे नेटवर्कमा आवद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाईल एप्समा रहेको सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरी सहजै रकम पठाउन सकिन्छ ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन् भने अन्तराष्ट्रिय भुक्तानी पार्टनरमा चाइना युनियन पे र अलि पे आवद्ध छन् ।

फोनपेमा हालसम्म ५ लाख ७० हजार भन्दा बढी मर्चेन्ट रहेका छन् । फोनपेमा इसेवा, आइएमइ पे र सेलपे जस्ता भुक्तानी सेवा प्रदायक आबद्ध छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here