वर्ल्डलिङ्कको इन्टरनेट रिफर गर्ने र पाउने दुवैलाई नेटटिभी र १ महिनाको इन्टरनेट प्याकेज

काठमाडौं, १३ माघ । वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले रिफर गर्ने र पाउने दुवैलाई आईपीटीभीसहित एक महिनाको इन्टरनेट प्याकेज निःशुल्क दिने अफर ल्याएको छ ।

बुधबारदेखि सुरु भएको यो अफरमा वर्ल्डलिङ्कका विद्यमान ग्राहकले कम्पनीको इन्टरनेट जडान गर्नका लागि आफ्ना साथीभाइ तथा आफन्तलाई रिफर गर्न सक्नेछन् । यसरी रिफर गरेपछि नयाँ ग्राहकले तीन महिना वा एक वर्षको इन्टरनेट प्याकेज लिनुपर्नेछ ।

त्यसपछि दुवै ग्राहक (रिफर गर्ने र लिने) ले नेटटीभीसहित एक महिनाको इन्टरनेट निःशुल्क पाउने कम्पनीले बताएको छ । वर्ल्डलिङ्कले उपलब्ध गराइरहेका सबै इन्टरनेट प्याकेजमा यो अफर लागू हुने कम्पनीले जनाएको छ ।

कम्पनीले हाल १५० एमबीपीएस, २२५ एमबीपीएस, ३०० एमबीपीएस र ६०० एमबीपीएस गतिका इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार ग्राहकले जतिसुकै व्यक्तिलाई इन्टरनेट रिफर गर्न सक्नेछन् ।

यसरी तीन जनालाई इन्टरनेट रिफर गर्दा रिफर गर्ने व्यक्तिले तीन महिनाको इन्टरनेटसँगै फाइभजीसहितको डुअल ब्यान्डमा निःशुल्क रुपमा अपग्रेड हुन पाउनेछन् ।

त्यस्तै पाँच जनालाई रिफर गर्दा पाँच महिनाको इन्टरनेटसँगै कम्पनीको मेश वाई–फाई बिकन १.१ समेत निःशुल्क रुपमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस पटकको अफरमा झन्झटिला र दुबिधा हुने कुनै पनि अतिरिक्त शर्तहरू राखिएका छैनन् । वर्ल्डलिङ्कका ग्राहकले यो अफरमा सहभागी हुन कम्पनीको वेबसाइट अथवा माई वर्ल्डलिङ्क एपमा रहेको ‘रिफर’ अप्सनमा जानुपर्ने उसले बताएको छ ।

त्यसबाहेक कम्पनीको ग्राहक सेवा केन्द्रमा फोन गरेर तथा नजिकैको वर्ल्डलिङ्कको कार्यालय एवम् प्रतिनिधि कहाँ सम्पर्क गरेर पनि इन्टरनेट प्याकेज रिफर गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

वल्र्डलिंक बारे थपः
वर्ल्डलिंकले भित्र्यायो नेपालकै फाष्ट इण्टरनेट, न्यूनतम स्पिड १५० एमबीपीएस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here