अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष देवकोटाको रिहाईको माग

काठमाडौं, २२ असार । नेपाल उद्योग वाणिज्य महासंघले अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाको रिहाइको माग गरेको छ ।

महासंघले आइतबार एक विज्ञप्ती जारी गर्दै देवकोटाको रिहाइको माग गरेको छ । देवकोटालाई गत असार १० गते गोदावरी नगरपालिकाको नगर परिषदको उद्घाटन समारोहमा व्यावसायीक हक हितका बारेमा केहि बोल्न पाउनुपर्ने माग गर्दा भएको सामान्य भनाभनको विषयलाई ठूलो बनाई पक्राउ गरिएको महासंघले दाबी गरेको छ ।

अतिथीको रुपमा निम्त्याइएका उनलाई बोल्ने मौका नदिएको विषमा भएको सानो विवादलाई लिएर देवकोटा लगायत अन्य ७ जना व्यावसायीलाई प्रहरी नियन्त्रणमा लिइनु निन्दनिय कार्य भएको महासंघले बताएको छ ।

यस्ता कार्यले व्यवसायीहरुको मनोवल गिराउने बताउँदै सरकारलाई आर्थिक विकासको वातावरण बनिरहेको अवस्थामा यस्ता घटनाले मुलुकलाई कतातर्फ लैजान्छ त्यसतर्फ गम्भीर भएर सोच्न समेत महासंघले ध्यानकार्षण गराएको छ ।

यस किसिमको मुद्धालाई संवाद एवं वार्ताबाट टुङ्गाउन समेत महासंघले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here