प्रेम र रोमान्सको लागि मात्रै होइन फ्रिमा खान पनि डेटिङ जान्छन् युवती !

काठमाडौं । वर्तमान समयमा प्रेमको परिभाषा नै बदलिएको छ । पहिले जस्तो अमर र चोखो माया गर्ने जोडीहरु आजभोली कमै पाइन्छन् ।

धेरैजसोले आफ्नो स्वार्थपूर्तीको लागि मात्रै सम्बन्ध गाँस्ने गर्छन् । त्यसैले आजभोली धेरैको प्रेमसम्बन्ध चाँडै नै टुट्ने र फेरि केहि दिनपछि अर्केसँग जोडिने क्रम चलिरहन्छ ।

आफुलाई स्मार्ट र आधुनिक मान्ने युवापुस्ता झनै यो मामिलामा धेरै अगाडि छन् । यस्तैमा हालसालै प्रेमसम्बन्धसँग जोडिएको एक अध्ययनको नतिजाले झनै सबैलाई अचम्मित तुल्याएको छ ।

उक्त अध्ययन अनुसार धेरै युवतीहरुहरु आफ्नो सितैमा खाना खानको लागि मात्रै पनि डेटिङ जाने गर्छन् ।

यस्ता युवतीहरुको ध्यान आफ्नो प्रेमीसँग प्रेम र रोमान्स गर्नेतर्फ नभई रेष्टुरेन्टमा गएर टन्न मिठामिठा खाने तिर हुन्छ । यस्ता युवतीहरुलाई ‘फूडी कल’ नाम दिईएको छ ।

यो एक अनलाईन अध्ययन थियो । यसमा सहभागी भएका २३ देखि ३३ प्रतिशत केटीहरुले उनीहरु ‘फूडी कल’ भएको स्वीकार गरेका छन् ।

क्यालिफोर्निया स्थित एजुसा प्यासिफिक युनिभर्सिटी र युनिभर्सिटी अफ क्यालिफोर्नियाका शोधकर्ताहरु संलग्न थिए । उनीहरुले पाए कि जो युवतीहरुले व्यक्तित्व लक्षणको डार्क ट्रायडमा उच्च अंक पाएका थिए उनीहरु ‘फूडी कल’को सूचीमा पनि रहेका थिए ।

अध्ययनमा संलग्न एजुसा प्यासिफिक युनिभर्सिटी सँग जोडिएकी ब्रायन कोलिसनले एक लेख सोसल साइकोलोजिकल एण्ड पर्सनालिटी साइन्स नामक पत्रिकामा लेखेकी छन् ।

जहाँ उनले लेखेकी छन्, ‘ कैयौं डार्क लक्षणहरुलाई रोमान्टिक सम्बन्धमा भ्रामक र शोषणकारी व्यवहारसँग जोडिएको छ जसमा वान नाइट स्ट्याण्ड, झुटो शारीरिक सम्बन्ध देखि यौन तस्वीर पठाउने रहेका छन् ।’

यस अध्ययनको पहिलो चरणमा ८ सय २० जना युवतीहरु समावेश थिए ।

ती युवतीहरुलाई उनीहरुको बानी व्यवहार, उनीहरुको लक्षण तथा भुमिकाको बारेमा प्रश्न सोधिएको थियो ।

उनीहरुले दिएको उत्तरको आधारमा डेट किन जान्छन् भनेर पत्ता लगाईएको थियो । त्यसपछि मात्रै सम्बन्धमा यस्तो बढीरहेको यस्तो प्रवृत्तिबारे थाहा भएको थियो ।

दोस्रो चरणमा फेरि ३ सय ५७ जना युवतीहरु समावेश गरेर अझै गहिराईमा पुग्ने गरी अध्ययन गरिएको थियो जसमा ३३ प्रतिशतले आफू ‘फूडी कल’ भएको स्वीकारेका थिए ।

(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here