सिटिजन्सले ५० कराेड चुक्ता पूँजीकाे सहयाेगी विकास बैंक एक्वायर गर्ने

काठमाडौं, २३ असार । सिटिजन्स बैंक इन्टरनेशनलले सहयोगी विकास बैंकलाई प्राप्ती गर्ने भएको छ।

दुबै बैंकका प्रतिनिधिबीच आइतबार बैंकको मुख्य कार्यालय दरबारमार्गमा प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

हाल चुक्ता पूँजी ५० करोड ९६ लाख ६८ हजार रुपैयाँ रहेको सहयोगी विकास बैंकलाई प्राप्ती गरेपछि सिटिजन्सको चुक्ता पूँजी ८ अर्ब ८२ करोड पुग्ने छ ।

हाल सिटिजन्सको चुक्ता पूँजी ८ अर्ब ३७ करोड रहेको छ । सिटिजन्सले सहयोगीलाई एक कित्ता बराबर ०.९० कित्ताको अनुपातमा प्राप्ती गर्ने प्रारम्भिक सहमति अनुसार सिटिजन्सको चुक्ता पूँजी ४५ करोड ८७ लाख रुपैयाँ थपिनेछ।

त्यस्तै प्राप्तीपछि निक्षेप पनि चार अर्ब ३३ करोड रुपैयाँ बढ्ने छ भने ऋण लगानी पनि तीन अर्व ८६ करोड थपिनेछ । दुवै सस्थाबीच सहमति भएपछि एकिकृत कारोबार नहुन्जेलसम्म दोस्रो बजारमा सहयोगीको सेयर कारोबार रोक्का हुने छ ।

धनुषा महोत्तरी र सिन्धुली कार्यक्षेत्र भएको सहयोगी विकास बैंकका १४ शाखाहरु सञ्चालनमा रहेका छन् भने सिटिजन्सको ९५ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here