नेप्से घट्ने क्रम जारी, सोमबार पनि ९ अंकले घट्यो

काठमाडौं, २३ असार । सोमबार नेप्से परिसूचक ८.७० अंकले घटेर १ हजार २ सय ४७.३७ अंकमा झरेको छ ।

कारोबारमा आएका समुहहरु मध्ये सामुहिक लगानी कोष र जलविद्युत समुहको सुचक बढ्यो भने अन्य सबै समुहको सूचक घट्यो ।

सोमबार सबैभन्दा धेरै र्निजीवन बिमा समुहको सुचक घट्यो । र्निजीवन बिमा कम्पनीको सूचक १.२२ प्रतिशत घट्यो । त्यस्तै जीवन बिमाको १.०६, बैंकिङ्ग क्षेत्रको ०.८४ प्रतिशत घट्यो भने अन्य समुहहरुको सामान्य प्रतिशले घट्यो ।

सोमबार १ सय ७१ कम्पनीको २९ लाख १० हजार १ सय ५३ कित्ता शेयर किनबेच हुँदा ५९ करोड १० लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here