दैनिक चार घन्टा भन्दा बढी टिभी हेरेमा हुन सक्छ मुटुको समस्या

धेरै मानिसहरुको लामो समयसम्म एकै स्थानमा बसेर टिभी हेर्ने बानी हुन्छ ।

आफूलाई मन पर्ने खेल, फिल्म, रियालिटी शोहरु हेर्दा धेरैले घन्टौं समय बितेको पत्तै पाउँदैनन् । तर, यसरी एकै स्थानमा बसेर घण्टौंसम्म टिभी हेर्ने बानी हाम्रो स्वास्थयको लागि भने हानीकारक हुने पत्ता लागेको छ ।

हाल सालै भएको एक अध्ययनबाट यस्तो बानीले मुटुसम्बन्धि समस्याहरु हुने पत्ता लगाएको हो ।

अमेरिकाको कोलम्बिया विश्वविद्यालयका शोधकर्ताहरुले गरेको एक अध्ययनको प्रतिवेदन अनुसार एकै स्थानमा बसेर लामो समयसम्म टिभी हेर्ने मानिसहरुमा मुटुको समस्या हुने जोखिम धेरै हुन्छ ।

घन्टौं एकै स्थानमा बसेर टिभी हेर्दा मानिसको शरीरका कुनैपनि अंगहरु चल्दैनन् । उनीहरु मोटोपनाको पनि शिकार हुन्छन् । मुटुमात्रै होइन यस्ता मानिसहरु अन्य विभिन्न खालका रोगहरुको शिकार हुने सम्भावना पनि धेरै हुन्छ ।

तर, हाम्रो दैनिक जीवनमा केहि सामान्य परिवर्तन गरेर मात्रै पनि यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ । यसको लागि शारीरिक व्यायाम नै सबैभन्दा उपयुक्त उपाय हो ।

विभिन्न अध्ययनका अनुसार लामो समयसम्म टिभी हेर्ने मानिसहरुमा विभिन्न प्रकारका शारीरिक समस्याहरु हुने गर्छ । तर, सातामा करीब १५० मिनेट व्यायाम गर्ने बानीले मुटुलाई स्वस्थ राख्न सहयोग गर्दछ ।

(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here