प्रहरी जवान भर्तीको नतिजा सार्वजनिक, ५,६९८ उम्मेदवार सिफारिस

काठमाडौं, २३ असार । नेपाल प्रहरीमा रिक्त रहेको जवान (जनपद) पदको खुला प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ ।

प्रहरीको मानव स्रोत एवम् प्रशासन विभागले सोमवार साँझ एक सूचना प्रकाशन गरी ५ हजार ६ सय ९८ उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ ।

प्रहरीले गत असोज १५ गते मागेको दरखास्तअनुरुप आवेदन दिई प्रतियोगितामा भाग लिनेमध्येबाट सो संख्यामा योग्य उम्मेदवार छनोट गरेको हो ।

नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरुलाई सम्बन्धित प्रहरी कार्यालयबाट उपलब्ध गराइएको प्रवेशपत्र, नेपाली नागरिकताको प्रमाणपत्र र आफ्नो शैक्षिक योग्यताको सक्कल प्रमाणपत्र तथा त्यसका २/२ प्रतिलिपि र ४ थान पासपोर्ट आकारका तस्वीर सहित आगामी साउन १ गते परीक्षा केन्द्रमा सम्पर्क राख्न पनि प्रहरीले भनेको छ ।

सफल उम्मेदवारहरुले नियुक्तिका लागि प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, जनकपुर, दुधौली, पोखरा, बुटवल, नेपालगञ्ज, दिपायल र महानगरीय प्रहरी शिक्षालय महाराजगञ्ज काठमाडौंमासम्पर्क राख्न सक्ने बताइएको छ ।

उत्तिर्ण उम्मेदवारको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here