रुस-युक्रेन द्वन्द्वको असर: सुनको भाउ प्रतितोला १ लाख नाघ्यो, चाँदीमा नयाँ कीर्तिमान

काठमाडौं, २२ फागुन । विगत केही दिन देखि सुनको भाउमा उच्च बृद्धि देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको भाउ प्रतितोला १ लाख नाघेको छ ।

शुक्रबारको तुलनामा तोलामा २ हजार रुपैयाँ बढेर प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको हो । तेजाबी सुनको मूल्य १ लाख १ हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपालमा असर परेको जानाकारहरु बताउँछन् । गत शुक्रबार प्रतितोला १३८० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार प्रतितोला ३५ रुपैयाँले बढेर नयाँ कीर्तिमान बनाएको हो ।

आज चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ छ । आज कायम भएको चाँदीको मूल्य अहिलेसम्मकै कीर्तिमानी हो ।

रुसको विवादको असरले सुनको माग बढ्न गएको हो, जसले केही सातादेखि मूल्यमा असर पारिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here