काठमाडौं, २४ फागुन । आज बैकिङ्ग सेवा तथा शेयर बजार बन्द हुने भएका छन् ।
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सार्वजनिक विदा परेका कारण मंगलबार बैंक तथा वित्तीय संस्थाहरु र शेयर बजार बन्द हुने भएको हो ।
त्यस्तै, अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मंगलबार सरकारले सार्वजनिक विदा दिएका कारण नेपाल स्टक एक्सचेन्ज पनि बन्द हुने भएको हो ।
अब शेयर कारोबार बुधबार मात्रै खुल्ने नेप्सले जनाएको छ ।