नेपाल एयरलाइन्सले चैत १३ गतेदेखि मुम्बई-काठमाडौं उडान पुनः सञ्चालन गर्ने

फाइलफोटो

काठमाडौं, २६ फागुन । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले काठमाडौं–मुम्बई रुटमा चैत १३ गतेदेखि उडान सूचारु गर्ने भएको छ ।

भारतले सबै प्रकारका अन्तर्राष्ट्रिय उडान खुला गरेसँगै कोभिड–१९ महामारीका कारण स्थगित रहेको भारतको मुम्बईबाट काठमाडौं गन्तव्यमा सिधा हवाई उडान पुनः सूचारु गर्ने लागेको हो ।

यो रुटमा कोरोना अगाडी नेवानिले उडान गरिरहेको थियो । कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि यो रुटको उडान समेत रद्द भएको थियो ।

कम्पनीले सातामा तीन दिन आइतबार, बुधबार र शुक्रबार उडान गर्नेछ । उक्त कम्पनीले हालै दिल्ली–काठमाडौं रुटमा दैनिक एक उडान सञ्चालन गरिरहेको छ ।

नेपाल एयरलाइन्सले भारतका तीन गन्तव्य नयाँदिल्ली, मुम्बई र बैङ्गलोरमा सिधा उडान गर्दै आए भए पनि कोभिड महामारीका कारण दुई वर्षदेखि मुम्बई र बैङ्गलोर गन्तव्यमा उडान गर्न पाएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here