वैशाखयता विपद्का घटनामा ४८६ जनाको मृत्यु, २ अर्ब ३५ करोड बढीको क्षति

काठमाडौं, २७ फागुन । नेपालमा प्राकृतिक विपद्का घटना बढिरहेका छन् । मुलुकभर गत वैशाखयता प्राकृतिक विपद्का घटनाबाट धेरै मानिसले ज्यान गुमाएका छन्।

विशेषगरी बाढीपहिरोका कारण अकल्पनीय क्षति भएको छ। वैशाखदेखि फागुन २६ गतेसम्म विपद्जन्य घटनामा परेर ४ सय ८६ जनाले ज्यान गुमाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

१७१७ जना घाइते भएका छन् भने ७५ जना बेपत्ता भएका छन् ।

बढी मात्रामा खसेको पहिरो र सक्रिय मनुसनका कारण दर्जनौं मानिसले ज्यान मात्र गुमाएका छैनन्, भौतिक क्षति पनि उत्तिकै भएको छ। देशभर २ अर्ब ३५ करोड २२ लाख ६७ हजार ८७४ रुपैयाँ बराबरको क्षति भएको छ । ५५४७ परिवार प्रभावित भएका छन् ।

यस अवधिमा पहिरोमा १८२ को मृत्यु १३८ जना घाइते र ३३ जना बेपत्ता भएका छन् । बाढीमा ६३ जनाको ज्यान गएको छ भने १४ जना घाइते र ३४ वेपत्ता भएका छन् । ।

यस्तै, चट्याङ्गबाट ५२ जना, आगलागीबाट ८१, डढेलोबाट ३ जना, सर्पदशंबाट २० र हावाहुरीका कारण ३ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । हिँउ हुँरीबाट ४ र हिँउ पहिरोमा २ जनाको ज्यान गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here