एनसेलले ल्यायो ‘गज्जबको डेटा’, ७५ एमबी देखि ३ जीबी सम्मका प्याक

क्लाउडपत्रिका
काठमाडौं, २० माघ । एनसेलले ‘गज्जबको डेटा प्याक’ बजारमा ल्याएको छ । यसअन्तर्गत ग्राहकले आफ्नो आवश्यकताअनुसार ७५ एमबी देखि ३ जीबी सम्मको विभिन्न प्याक किन्न र प्रयोग गर्न सक्नेछन् ।

गज्जबको डेटा प्याक सोमबार (माघ २१) बाट लागु हुनेछ । यस प्याकअन्तर्गत ग्राहकले एक दिनको समयसीमा रहेको ७५ एमबी डेटा प्याक मात्र रु १५ (रु १९.१५ करसहित) मा सुचारु गर्न सक्नेछन् । तीन दिनको समयसीमा रहेको २०० एमबी डेटा प्याक रु ३५ (रु ४४.६९ करसहित) मा सुचारु गर्न सक्नेछन् ।

त्यसैगरी ग्राहकले ५०० एमबी डेटा प्याक रु ७५ (रु ९५.७७ करसहित) मा खरीद गर्न सक्नेछन् । यो प्याकको समयसीमा सात दिनको हुनेछ । धेरै डेटा भोलुम प्रयोग गर्ने ग्राहकले एक महिनाको समयसीमा रहेको तीनजिबी डेटा प्याक रु ३५५ (रु ४५३.३०) मा लिन सक्नेछन् ।

यो अफर सुचारु भएको दिनदेखि ९० दिनका लागि मान्य रहनेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here