इसेवाबाट ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा आकर्षक क्यासब्याक पाइने

काठमाडौं, १७ चैत । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाउन सकिने भएको छ ।

इसेवाले अनलाइन मार्फत प्रिमियम भुक्तानीका लागि प्रोत्साहन गर्न यस्तो योजना सञ्चालनमा ल्याएको हो ।

यो योजना अनुसार ज्योति लाइफका बीमितहरुले प्रिमियमको ०.५ प्रतिशत देखि अधिकतम एक हजार रुपैपाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना चैत्र १५ गतेदेखि लागु हुनेछ ।

यस योजनामा सहभागी हुनका लागि इसेवामा केवाइसी भेरिफाइ भएको हुनुपर्नेछ भने प्रिमियम बुझाउने म्याद ७ दिन ननाघेको हुनुपर्नेछ ।

बीमितले आफुले प्रिमियम भुक्तानी गरेको ४८ घण्टाभित्र क्यासब्याक प्राप्त गर्न सक्नेछन् । इसेवामार्फत नेपालका सबै लाइफ इन्स्योरेन्स् कम्पनीको प्रिमियम भुक्तानी गर्न सकिन्छ ।

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here