भारतीय तरकारीमा विषादी परिक्षण नगर्ने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चकाे आदेश

काठमाडाैं, २५ असार । भारतबाट आउने तरकारीकाे विषादी परीक्षण तत्कालकाे लागि नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले बुधबार यस्तो आदेश जारी गरेको हो । केहि साताअघि भारतबाट आयात हुने तरकारीकाे विषादी परिक्षण थालेकाे सरकारले तयारी नपुगेकाे भन्दै परिक्षण राेक्ने निर्णय गरेपछि सरकारको निर्णय विरुद्ध सर्वोच्चमा ३ वटा रिट दायर भएका थिए ।

सर्वोच्चले ती सबै रिटमा अन्तरिम आदेश दिएको हो । साथै, असार ३० गते छलफलका लागि दुवै पक्षलाई बाेलाइएकाे छ ।

स्वतन्त्र राष्ट्रिय अभियानका तर्फबाट स्वागत नेपाल र नारायणप्रसाद दुवाडीले रिट दायर गरेका थिए । उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट विष्णु तिमिल्सिनाले पनि सरकारको निर्णय विरुद्ध बुधबार नै रिट दायर गरेका थिए ।

रिटमा भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण गरेर मात्रै नेपाल ल्याउन र नेपालको तरकारी पनि विषादी परीक्षण गरेर मात्रै खरीद बिक्री गर्नका लागि माग गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here