५५८७ जनाको परीक्षण गर्दा २४ कोरोना संक्रमित थपिए, ५१ जना संक्रमण मुक्त

काठमाडौं, २२ चैत । नेपालमा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २७८ जनाको पीसीआर परीक्षण गर्दा २१ जना र २ हजार ३०९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ गरी २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८ हजार ५२८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६५ हजार ७६५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ८१२रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५१ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here