बर्दियाकोे बाँसगढीमा राष्ट्रिय वाणिज्य बैंककाे शाखा विस्तार

काठमाडौं, २६ असार । प्रदेश नम्बर ५, बर्दिया जिल्लाको बांसगढी नगरपालिका वडा न. ५ स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय बांसगढीले कारोबार सुरु गरेको छ ।

बांसगढीको शाखा बैंकको बैंकको २२१ औं शाखा हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गरिने कार्यमा बैंक अगाडि बढिरहेको बताए ।

बैंकले देशको सातै प्रदेश, ७७ वटै जिल्लामा २२१ वटा शाखा कार्यालय, १७५ वटा एटिएम र ९३ वटा शाखा बाट सेवा प्रदान गरिरहेको छ ।

हाल बैंकले १ खर्ब ८६ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैंया कर्जा लगानी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here