प्रतितोला ३ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि सामान्य गिरावट

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा किनबेच भएको छ ।

मंगलबार सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँ घट्दा प्रतितोला १३ सय ३५ रुपैयाँमा झरेको छ। मंगलबार १० रुपैयाँ घट्दा प्रतितोला १३ सय ४० रुपैयाँ थियो।

नेपालमा विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले विलासिताका वस्तु आयातमा कडाइकेी समयका लागि सुनको आयातमा रोक लगाउने सम्भावना रहेको केही विज्ञरुको आंकलन छ ।

त्यसो त सरकारले अहिले सुनको कोटा दैनिक २० किलोबाट आधामा झारिसकेको छ ।