सूर्या लाइफ इन्स्योरेन्सद्धारा ‘सूर्या लाइफ केयर’ सार्वजनिक, ५० लाखसम्म भुक्तानी

काठमाडौं, २६ असार । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले क्यान्सर, हृदयघात,मृगौला फेल सहित १८ प्रकारका घातक रोगहरु विरुद्ध सुरक्षा प्रदान गर्न ‘सूर्या लाइफ केयर’ पुरक करार सार्वजनिक गरेको छ ।

यो ऐच्छिक सुविधाबाट वीमितले क्यान्सर, हृदयघात, स्ट्रोक, कोर्नरी आर्टरी बाइपास सर्जरी,हर्ट–भल्भ सर्जरी, मृगौला फेल लगायत १८ घातक रोगहरु मध्ये कुनै एक रोगबाट पिडित भएको प्रमाणित भएमा मुल बीमाङ्कको आधारमा एकमुष्ठ ५० लाख सम्म भुक्तानी गरिने कम्पनीले बताएको छ ।

बीमा जिवित हुँदै पनि दाबी गर्न सकिने साथै ३५ वर्ष सम्म्को बीमा अवधि रहने र ६० वर्षसम्म घातक रोगहरुको जोखिम वहन गर्ने तथा १६ वर्षदेखि ६० वर्षसम्मको बीमितले सेवा लिन सक्ने कम्पनीले बताएको छ ।