पुलचोकमा खुल्याे सामसुङकाे डिजिटल प्लाजा, ५० छात्रालाई दिइयाे छात्रवृत्ति

काठमाडौं, २५ असार । सामसुङको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्सले पुलचोक ललितपुरमा नयाँ सामसुङ डिजिटल प्लाजाको उद्घाटन गरेको छ ।

सामसुङ उत्पादनहरुका लागि ग्राहकहरुको बढ्दो माग तथा स्टेट्–अफ–आर्ट सेल्स काउन्टरले हिम इलेक्ट्रोनिक्सलाई आफ्नो सामसुङ प्लाजाको संजाल विस्तार गर्न उत्प्रेरित गरेकोे हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले बताइन् ।

शोरुमको उद्घाटन हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छा र सामसुङ प्लाजाको छात्रवृत्ति प्राप्त गरेका निर्मल विद्यापिथ विद्यालय तथा श्री आजाद विद्यालयका छात्राहरुले बुधवार गरेका थिए ।

१५ औं वार्षिक उत्सवको अवसरमा, सामसुङ प्लाजाले निर्मल विद्यापिथ विद्यालय र श्री आजाद विद्यालयाका ५० जना छात्राहरुलाई एक वर्षको पूर्ण छात्रवृत्ति, विद्यालय पोशाक तथा स्टेस्नरी प्रदान गरेको थियो ।

बालिकाहरुलाई शिक्षित बनाउन र सम्पूर्ण बालिकाहरुलाई विद्यालय जान प्रेरित गर्नका लागि यो काम गरेको कम्पनीले बताएको छ ।

‘हामी पुलचोक ललितपुरमा सामसङ्ग डिजिटल प्लाजा संचालनमा ल्याउन पाउँदा अत्यन्तै खुसी छौं’ गोल्छाले भनिन् ‘हामीलाई विश्वास छ कि यस विस्तारसँगै पुलचोक, ललितपुरका ग्राहकहरु विभिन्न तरिकामा लाभान्वित हुनेछन् ।’

सामसुङ डिजिटल प्लाजामा एलईडी टिभी, रेफ्ररिजेरेटर, वासिङ मेसिन, माइक्रो ओभन, मोबाइल फोन जस्ता सामसुङका उत्पादनहरु रहेका छन् ।

हिम इलेक्ट्रोनिक्सले उपत्यका भित्र सातवटा र उपत्यका बाहिर विभिन्न स्थानका सात वटा सामसुङ डिजिटल प्लाजा मार्फत सामसुङका सामानहरु विक्री गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here